०५ जेठ २०८१, शनिबार

नेपालविरूद्ध वेस्ट इन्डिज ‘ए’ ले १० ओभरमै हान्यो १०१ रन

Logo
... बिहिबार, बैशाख २०, २०८१

नेपालविरूद्धको चौथो टी-२० मा वेस्ट इन्डिज ‘ए’ ले १० ओभरमा २ विकेटको क्षतिमा १०१ रन जोडेको छ। वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ५८ रन जोडेर आउट भए। दशौं ओभरको अन्तिम बलमा आउट हुनुअघि उनले ३० बलमा ३ चौका र ६ छक्का प्रहार गरे। उनलाई नेपालका कुशल भुर्तेलले दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए।

त्यसअघि दोस्रो ओभरमै ओपनर एलिक एथानाजलाई प्रतिश जिसीले सन्दीप जोराको हातबाट ५ रनमा आउट गरे।  अहिले आन्द्रे फ्लेचर र केसी कार्टी ब्याटिङ गरिरहेका छन्। पाँच खेलको सिरिजको तीन खेल सकिँदा वेस्ट इन्डिजले २-१ को अग्रता लिएको छ। पहिलो खेल नेपालले जित्दा दोस्रो र तेस्रो खेलमा वेस्ट इन्डिज विजयी भएको थियो।

नेपालले आगामी टी-२० विश्वकपको तयारीस्वरूप यो सिरिज खेलिरहेको छ। सिरिज सकिएपछि नेपाल विश्वकपको तयारी गर्न  वेस्ट इण्डिज नै जानेछ।  सेतोपाटीबाट

प्रतिक्रिया
हाम्रो बारे

नेपाली भाषको यो पोर्टल गोग्रहा टाइम्स दैनिकको डिजिटल स्वरुप ल्याइएको वेभसाइट हो। यसले समाचार, विचार, खेल, मनोरञ्जन, सूचना प्रविधि,भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
हामी दर्ता प्रक्रियामा छौँ

हाम्रो टीम

सम्पादक/प्रकाशकः
लिलामणि चौलागाई (सञ्जय)
मोः 9852025776, 9802725776

प्रमुख सम्पादकः
धिजनबाबु काफ्ले : 9852056066

प्रमुख सल्लाहकारः
हरी आचार्य : 9852024192

सल्लाहकारः
चमेशराज ढकाल : 9818078273

व्यवस्थापकः
शिव धमला : 9852025058

संयोजकः
विकाश प्रसाई : 9810485951

बजार व्यवस्थापकः
साजन लामा : 9852580100

ग्राफिक्सः
देव राजगढिया : 9804020816

कानुनी सल्लाहकारः
अधिवक्त्ता अनिश खनाल
9802727200

सम्पर्क

ट्राफिक चोक, विराटनगर, होटल नमस्कार अगाडी
Email:[email protected]