०५ जेठ २०८१, शनिबार

कोशीको सबै जिल्लामा भेटेरिनरी अस्पताल निर्माण गरिने

कटारी अस्पतालको स्तरउन्नती गरिने
Logo
गोग्राहा टाइम्स शनिबार, बैशाख २२, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले उदयपुरको १५ बेड क्षमताको कटारी अस्पताललाई स्तरोन्नति गर्दै ५० बेड क्षमताको बनाउने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रीपरिषदको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

मदन भण्डारी राजमार्ग र सिद्धिचरण राजमार्गमा पर्ने उक्त अस्पतालको स्तरवृद्धी गर्न स्थानीयले माग गर्दै आएका थिए । उक्त अस्पतालमा सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, सप्तरी र सिरहाका आधाजसो मानिसले सेवा लिन आउने गरेको कृषि मन्त्री रामकुमार खत्रीले जानकारी दिए । यसैबीच मन्त्रीपरिषद बैठकले इलाम, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र सोलुखुम्बुमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र स्थापना गर्ने निर्णय पनि गरेको छ ।
‘पशुपालन व्यवसायलाई निर्वाहमुखीबाट व्यवसायीकीकरण गरी दूध, अण्डा, मासु, उन लगायतका पशुजन्य पदार्थको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन एवम् निर्यात गर्न सक्ने चरणमा पु¥याउने उद्देश्यका विज्ञ केन्द्र तथा अस्पताल निर्माण गर्ने निर्णय गरिएको हो,’ मन्त्री खत्रीले भने, ‘खोरेत, पिपिआर, स्वाइन फिवर, रानीखेत, एचएसबिक्यू लगायतका रोगबाट मुक्त कोशी प्रदेश बनाउने महत्वकांक्षी योजना हामीले बनाएका हौं ।’
उद्योग कृषि तथा सहकारी मन्त्रालयले स्थानीय सरकारसँग हातेमालो गर्दै संघीय सरकार समेतको सहकार्यमा कोशी प्रदेशमा गाई, भैंसी, भेडा, बाख्रा, बंगुर, कुखुरा, याक, नाक, चौरी लगायतका पशु पंक्षीको उत्पादन र उत्पादकत्व बढाउने, स्वरोजगार बढाउने, आयात प्रतिस्थापन गर्ने, निर्यात बढाउन पशु सेवा, पशु स्वास्थ्य, नश्ल सुधार, घाँस उत्पादन क्षेत्र किसानलाई विज्ञ केन्द्र र अस्पतालले सहयोग गर्ने जनाएको छ । ‘नयाँ प्रविधि किसानको गोठमा पु¥याउन, किसानका समस्या अनुसन्धान केन्द्र र सरकारसम्म पु¥याउन सहज होस् भनेर कोशी प्रदेशका १४ जिल्लामै कार्यालय स्थापना गरिने भएको हो’, मन्त्री खत्रीले भने ।
यसअघि कोशीका इलाम, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र सोलुखुम्बु जिल्ला भेटेरिनरी अस्पतालबिहीन थिए । प्रदेश स्थापनाको ६ वर्षको अवधिमा भेटेरिनरी सेवालाई पूर्णता दिन आफूहरु सफल भएको मन्त्री खत्रीले बताए ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाली भाषको यो पोर्टल गोग्रहा टाइम्स दैनिकको डिजिटल स्वरुप ल्याइएको वेभसाइट हो। यसले समाचार, विचार, खेल, मनोरञ्जन, सूचना प्रविधि,भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
हामी दर्ता प्रक्रियामा छौँ

हाम्रो टीम

सम्पादक/प्रकाशकः
लिलामणि चौलागाई (सञ्जय)
मोः 9852025776, 9802725776

प्रमुख सम्पादकः
धिजनबाबु काफ्ले : 9852056066

प्रमुख सल्लाहकारः
हरी आचार्य : 9852024192

सल्लाहकारः
चमेशराज ढकाल : 9818078273

व्यवस्थापकः
शिव धमला : 9852025058

संयोजकः
विकाश प्रसाई : 9810485951

बजार व्यवस्थापकः
साजन लामा : 9852580100

ग्राफिक्सः
देव राजगढिया : 9804020816

कानुनी सल्लाहकारः
अधिवक्त्ता अनिश खनाल
9802727200

सम्पर्क

ट्राफिक चोक, विराटनगर, होटल नमस्कार अगाडी
Email:[email protected]